खेल क्षेत्रको लागि दैनिक १८ घण्टा काम गर्ने मन्त्री लिम्बूको प्रतिबद्धता

खेल क्षेत्रको लागि दैनिक १८ घण्टा काम गर्ने मन्त्री लिम्बूको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेल क्षेत्रको हितका लागि दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

बिहीवार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका मन्त्री लिम्बुले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका हुन् । खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास आफ्नो प्राथमिकता रहने उनको भनाई छ । 

‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा प्रयास गर्नेछु । नेपालीले गर्न सक्छन् भन्ने कुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ । म १८ घण्टाको समय दिएर काम गर्नेछु ।’ उनले भने । 

Logo