विविधता बीचको एकताबाट राष्ट्रिय एकता मजबुत बनाउन सकिन्छ : प्रदेश प्रमुख गुरुङ

विविधता बीचको एकताबाट राष्ट्रिय एकता मजबुत बनाउन सकिन्छ : प्रदेश प्रमुख गुरुङ

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विविधता बीचको एकताबाट राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने बताएका छन्।

२५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

‘वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा उहाँप्रति श्रद्धा एवं भक्ति भाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ’, सन्देशमा भनिएको छ।

Skip This
Skip This
Logo