प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने भनिएको भेटवार्ता अनिश्चित भएको छ ।
दिउँसो ३ बजे भेटवार्ताका लागि समय निर्धारण भएपनि प्रधानमन्त्री प्रचण्ड लुम्बिनी र नवलपरासीका कार्यक्रममा सहभागी भएर फर्कन ढिला भएकाले दुई नेताबीचको भेटवार्ता अनिश्चित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘दुई नेताबीच दिउँसो २ बजे सिंहदरबारमा भेटवार्ता गर्ने तय भएको थियो तर प्रधानमन्त्री लुम्बिनीबाट फर्कन नै ढिला भएकाले आजको बैठक हुन सकेन’, प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले भने, ‘अब आजलाई भेटको सम्भावना लगभग टरेको छ ।’





























प्रतिक्रिया