नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारलाई कठोर बन्न कांग्रेसको सुझाव

नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारलाई कठोर बन्न कांग्रेसको सुझाव

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न सरकारलाई कठोर बन्न सुझाव दिएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न सरकार पछि पर्न नहुने निष्कर्ष निकालेको हो । 

बैठकपछि सञ्चारकर्मीसंग प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश लैजाने भनेर गरिएको ठगीमा संलग्न जो सुकैलाई कारबाही गर्नुपर्ने पक्षमा कांग्रेस अडिग रहेको बताए । मुलुकका लागि यो घटना जघन्य अपराध भएको उल्लेख गर्दै उनले यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि कम हुने बताए ।

शरणार्थी प्रकरणमा जो संलग्न भएपनि उनीहरुलाई सजायको दायरमा ल्याउनु पर्ने भन्दै प्रवक्ता महतले कुनै पार्टी विशेषमा भएको आधारमा उन्मुक्ति पाउन नहुने बताए ।

Skip This
Skip This
Logo