नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेकालाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
शनिबार नक्कली भुटानी शरणार्थी प्रकरण, समाजवादी मोर्चा गठन, मिटर ब्याजलगायतका समसामायीक विषयमा भएको कार्यक्रममा प्रवक्ता महराले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर मानव बेचबिखन जस्तै अपराध गर्ने छुट कसैलाई नभएको भन्दै कारवाहीको माग गरेका हुन् ।
उनले भने ‘नक्कली भुटानी शरणार्थी प्रकरण जुन आयो त्यो अपराधी काम हो । यस प्रकरणमा केही व्यक्तिहरु गिरफ्तार भईरहेका छन् भने केही तानिने क्रममा नै छन् । यो सरकारले गरेको सबै भन्दा ठूलो र राम्रो काम हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कुरा मानव बेचबिखन जस्तै अपराध हो । यस्तो क्रियाकलाप गर्ने छुट कसैलाई छैन । त्यसैले यो विषयमा जो अपराधी हुन्, दोषी हुन्, उनीहरूलाई कारवाहीको दायरामा ल्याउनु सरकारको दायित्व हो ।’
प्रवक्ता महराले देशमा विकासको गति अगाडि बढिरहेको बेला बाह्य शक्तिहरुको दृष्टि नेपालमाथि परिहेको टिप्पणी गरे । उनले अहिलेको सरकारका लागि अवसरसँगै चुनौती पनि उत्तिकै रहेको बताए ।





























प्रतिक्रिया