ओलीलाई भेटेपछि प्रधानमन्त्री प्रचण्डले भने- म कसैकाे दबाबमा पर्दिनँ

ओलीलाई भेटेपछि प्रधानमन्त्री प्रचण्डले भने- म कसैकाे दबाबमा पर्दिनँ

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेकालाई कारवाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारेका हुन् । 

प्रक्रिया र कानूनअनुसार सरकार अगाडि बढ्ने उनको भनाई छ । 

ओलीसँगको भेटबारे सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने ‘उहाँले आफ्नो नेता बचाउ भनेर भन्न सक्ने कुरा भएन । दोषी कोही नछुट्न्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौं। म दबाबमा पर्दिनँ ।’ 

शरणार्थी प्रकरणमा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनी हाल फरार छन्। उनका छोरा सन्दीपलाई भने पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ। यसअघि सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो। 

Skip This
Skip This
Logo