प्रधानमन्त्रीलाई एमालेकाे जवाफ- ‘टिकट काटेर बसेका छौं, फिल्म देखाउनूस्’

प्रधानमन्त्रीलाई एमालेकाे जवाफ- ‘टिकट काटेर बसेका छौं, फिल्म देखाउनूस्’

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको काण्डबारे निष्पक्ष रुपमा छानबिन गर्न माग गरेको छ । 

प्रतिनिधिसभाको वर्षे अधिवेशनको आइतबार बसेको पहिलो बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरु टिकट काटेर फिल्म हेर्न तयार रहेको समेत बताएका छन् । 

शनिबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणलाई यो ट्रेलर मात्रै भएको र अब सिंगै फिल्म देखिने बताएका थिए । ‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नु भएको छ– भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो, फिल्म आउन त बाँकी नै छ,’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् ।’ 

अब वाइडबडी, बाँसबारी जग्गा घोटाला काण्ड, यति, ओम्नी, लडाकु शिविरका घोटाला काण्डको छानबिन गर्नुपर्ने बताउँदै सांसद गिरीले यसमा एमालेले सघाउने प्रतिबद्धता जनाए । साथै उनले नक्कली भुटानी शरणार्थीको विषयमा मिडियामा आएका विषयहरु नयाँ नभएको पनि बताए। 

Logo