अध्यक्ष ओलीकाे आशंकाः शरणार्थी प्रकरणको छानविनमा सरकारले हस्तक्षेप गर्नसक्छ

अध्यक्ष ओलीकाे आशंकाः शरणार्थी प्रकरणको छानविनमा सरकारले हस्तक्षेप गर्नसक्छ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा प्रहरीको निष्पक्ष छानविन आवश्यक भएको बताएका छन् । 

आईतबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष अ‍ोलीले छानविनमा सरकारले हस्तक्षेप गरेर वयान फेराउने काम हुन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका हुन् । 

उनले भने, ‘नक्कली शरणार्थी बनाएर पठाउनेको सम्बन्धमा कुरा भयो, मैले कडाईका साथ कार्वाही गर्नुहोस् भन्दिए । जो दोषी छन् उपयुक्त ढंगले छानविन गरी प्रहरीको छानविनमा सरकारले हस्तक्षप गर्ने, बयान फेराउने काम नगरोस्, निष्पक्ष ढंगले दोषीलाई कारवाही र निर्दोषलाई फसाउने प्रयास नहोस् ।’ 

अध्यक्ष ओलीले सरकारले गर्ने अनुसन्धान एमाले सहयोग गर्न तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले बारम्बार झुट बोलेको आरोप लगाए ।

Logo