नक्कली शरणार्थी प्रकरणमा सत्यतथ्य छानविनका लागि आयोग गठन गर्न सांसद केसीको माग

नक्कली शरणार्थी प्रकरणमा सत्यतथ्य छानविनका लागि आयोग गठन गर्न सांसद केसीको माग

केन्द्रबिन्दु
0
Shares

काँग्रेस सांसद अर्जुननरसिंह केसीले नक्कली शरणार्थी प्रकरणमा सत्य तथ्य छानविन गर्न आयोग गठनको माग गरेका छन् । 

सोमबारको प्रतिनिधि सभाको बैठकमा उनले नक्कली शरणार्थी प्रकरणमा सत्य तथ्य छानविन गर्ने पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारर्दशी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका हुन् । 

उनले भने, ‘नक्कली शरणार्थी प्रकरणमा राज्य संयन्त्र नै मिसिएको छ। यसले राष्ट्रलाई लज्जीत बनाउने काम गरेको छ। अन्त्यन्त न्यून समय भएकाले जो जहाँ जुनसुकै पदमा भएपनि छिमेकीदेखि अन्य देशहरुमा पनि पूर्वप्रधानमन्त्रीहरुमाथि कारवाही भएको छ।त्यसकारण अहिले यो भ्रष्टाचारको काण्डमा यो छानविन गर्ने पक्षको नाम पनि आएकाले पूर्व प्रधानन्याधिशको संयोजकत्वमा निष्पक्ष, पार्दशी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गरेर यसलाई निश्चित टुंगोमा पुर्याउनुपर्छ।’

Logo