राष्ट्रिय सभा सदस्य सांसद वामदेव गौतमले, बजेटको सिद्धान्त र प्राथमिकतामा गम्भिर असहमति जनाएका छन् ।
आज सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले २०८० का सिद्धान्त र प्राथमिकताहरु हेर्दा यसमा गरिने छ, हुनपर्छ बाहेक अरु केही पनि नभएको भन्दै गम्भिर असहमति जनाए ।
आर्थिक वर्ष २०८० का सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्दा यस्तो दस्तावेजहरु हरेक वर्ष आउने भएपनि त्यसको मितिबाहेक केही पनि परिवर्तन नभएको उनको टिप्प्णी छ ।
‘आर्थिक वर्ष २०८० का सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्न हामी प्रस्तुत भएका छौँ । प्रस्तुत गर्ने विनियोजन २०८० का सिद्धान्त र प्राथमिकताहरु हेर्दा विरोध नै गर्न पर्ने केही पनि छैन । यसमा गरिने छ, हुनपर्छ बाहेक अरु केही पनि छैन । गरिने छ, हुनपर्छ भन्ने यो सिस्टम २०१५ सालदेखि सुरु भएको अन्त्य भएको छैन । यस्तो दस्तावेजहरु हरेक वर्ष सुरु हुन्छन् । आर्थिक वर्ष सकिएपछि फेरि अर्को आउँछ । मिति फेरिएको हुन्छ अरु सबै त्यही हुन्छ । केही फरक छैन । ’
उनले प्रस्तुत दस्तावेश साच्चि लागू गर्ने हो भने ४५ खर्बभन्दा थोरैले लागू नहुने भन्दै यो जनतालाई छक्काउने बाहेक केही नभएको बताए । गौतमले दुई /दुई महिनामा सरकार परिवर्तन गर्ने लाजमर्दो व्यवस्था परिवर्तन नभएसम्म देश परिवर्तन हुन नसक्ने पनि बताए ।





























प्रतिक्रिया