काठमाडौं महानगरपालिकाले ‘केएमसी एप’ लन्च गरेको छ ।
महानगर प्रमुख बालेन शाहले सोमबार महानगरको सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसि एप लन्च गरेको जानकारी गराएका हुन् ।
उक्त एपबाट ३० भन्दा बढी प्रकार सिफारिसहरु अनलाइन राजस्व,नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट, च्याटबोट, महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू, विभागगत कार्य विवरणसहितको डिजिटल नागरिक वडापत्र,हेल्लो मेयर, जनगुनासो, स्मार्टकर, प्रकाशित राजपत्रहरू, पर्यटकीय स्थलहरू, आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप,सार्वजनिक शौचालयहरुको बारेमा सेवा लिन पाइनेछ ।
यस्ता छन्, सुविधाहरू-
✓ ३० भन्दा बढी प्रकारका सिफारिसहरू,
✓ अनलाइन राजस्व,
✓ नगर प्रमुख संग भेटघाटका लागि अपोइन्टमेन्ट,
✓ च्याटबोट,
✓ महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू,
✓ बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र,
✓ हेल्लो मेयर,
✓ जनगुनासो,
✓ स्मार्टकर,
✓ प्रकाशित राजपत्रहरू,
✓ पर्यटकीय स्थलहरू,
✓ आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप
✓ , सार्बजनिक शौचालयहरु समेटिएका छन ।
यस एपमार्फत हाललाई
➢ नागरिकता सम्बन्धी सिफारिस ,
➢ घरवाटो सिफारिस, कित्ताकाट सिफारिस,
➢ जग्गा मुल्यांकन सिफारिस,
➢ घरधनी प्रमाणपुर्जाको प्रतिलिपि,
➢ घर कायम सिफारिस,
➢ सम्पत्ति कर चुक्ता सिफारिस,
➢ अस्थायी बसोबास सिफारिस,
➢ स्थायी बसोबास सिफारिस,
➢ बिद्युत जडान सिफारिस,
➢ धारा जडान सिफारिस,
➢ आन्तरिक बसाइसराइ सिफारिस,
➢ कोठा खालि गर्ने सिफारिस,
➢ जन्म मिति प्रमाणित,
➢ अविवाहित प्रमाणित,
➢ नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस,
➢ अदालत शुल्क मिनाहा सिफारिस,
➢ बैंक खाता बन्द गर्ने सिफारिस,
➢ ब्यवसाय बन्द सिफारिस,
➢ संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस,
➢ अपांगता सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस,
➢ बिपन्न नागरिक औषधी उपचार सिफारिस,
➢ ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको छ भने अन्य केही कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्नेछ ।
यस एपमा अनलाइनबाटै सम्पत्तिकर, भूमी तथा मालपोत कर, ब्यवसाय कर जस्ता बिभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।





























प्रतिक्रिया