नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। आसन्न केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसाे २ बजे बस्ने सचिवालय बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ ।
एमालेको केन्द्रीय समिति बैठक वैशाख २८ गतेदेखि सुरु हुँदैछ । वैशाख २८–३० गतेसम्म चल्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको एमाले सचिवालयले जनाएकाे छ ।





























प्रतिक्रिया