बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच के-के भयो छलफल ?

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच के-के भयो छलफल ?

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका ‘हाइप्रोफाइल’ अभियुक्त पक्राउ गर्न चौतर्फी दवाव भइरहेका बेला प्रमुख राजनीतिक दलका शिर्ष नेताबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । करिब एक घण्टाको भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरण जोडिएका ‘हाइप्रोफाइल’ अभियुक्तका सम्बन्धमा छलफल भएको थियो । बैठकमा बजेटका सम्बन्धनमा पनि छलफल भएको थियो । बैठक सकिएर देउवा र ओली बालुवाटारबाट बाहिरिसकेका छन् । 

प्रधानमन्त्री सचिवालयका सदस्य सूर्यकिराण शर्माले प्रधानमन्त्रीसहित काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनीकी श्रीमती मञ्जू खाण, देउवाकी श्रीमति डा. आरजू देउवा मुछिएका छन् । 

पूर्वगृहमन्त्री खाणले घटनाको अनुसन्धानका क्रममा बयान समेत दिइसकेका छन् । तर, उनलाई प्रहरीले पक्राउ भने गरेको छैन । घटनामा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने अझै फरार छन् । उनीविरुद्ध पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहतका सबै जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिसकेको छ । 

Skip This
Skip This
Logo