नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारी कर्मचारीले हस्ताक्षर गर्दा पनि ‘साइनिङ मनी’ भनेर रकम लिने प्रवृति बढेको बताएका छन्।
राष्ट्रिय सभामा जारी प्रि–बजेट छलफलमा सांसद दाहालले कर्मचारी, सचिवले साइनिङ मनी लिने गोजीमा हालिहाल्ने, ठेकेदारले मोबिलाइजेनशको रकम लिने क्रम वर्षौंदेखि चलिआएको भन्दै यसलाई रोक लगाउनु आवश्यक भएको बताए ।
उनले भने, ‘कर्मचारीले सचिवले साइनिङ मनी लिने, दुई प्रतिशत, तीन प्रतिशत कति हुन्छ त्यो गोजीमा हालिहाल्ने, ठेकेदारले मोबिलाइजेनशको रकम लिने । त्यो रकम अरु नै काममा लगाउने । यो भएपछि आयोजना लथालिंग हुन्छ । अगाडि बढ्दैन । वर्षौँदेखि यो क्रम बढिरहेको छ ।’
सांसद दाहालले विभिन्न माध्यमबाट भ्रष्टाचारको थपिंदै गइरहको भन्दै सरकारलाई भ्रष्टाचार न्यूनीकरणको लागि आवश्यक काम गर्न माग गरेका छन् ।
बजेटले जनताको पक्षमा छ कि पुँजीपतिलाई दलालहरुको पक्षमा भनेर प्रष्ट हुनुपर्ने पनि उनको भनाइ छ ।





























प्रतिक्रिया