जनता समाजवादी पार्टीजसपाका सांसद प्रदीप यादवले टोपबहादुर रायमाझी फरार हुनु नै नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नताको प्रमाण भएको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद यादवले रायमाझी प्रहरीको सम्पर्कमा रहेको कुरा आएको भन्दै उनलाई नियन्त्रणमा लिएर छिटो कार्वाहीको दायरामा नल्याए प्रहरीको काममाथि नै पनिप्रश्न उठ्ने टिप्पणी गरे ।
उनले भने, ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई करोडौं रकम असुल्ने मुद्धामा फरार रहेका टोप बहादुर रायमाझी हालसम्म पक्राउ पर्नुभएको छैन् । यदि उनी दोषी छैन भने प्रहरीबाट किन लुकेर बसेको छन् । लुक्नु भनेको उनको यस प्रकरणमा कुनै न कुनै संलग्न छ भन्ने पुष्टि हुन्छ, त्यसैले नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएर छिटो भन्दा छिटो कार्वाहीको दायरामा ल्याउनुपर्छ नत्र प्रहरीको काममाथि नै पनिप्रश्न उठ्छ ।’
सांसद यादवले यस प्रकरणमा संलग्न सबैलाई कारवाही गर्न माग पनि गरे ।





























प्रतिक्रिया