‘प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता पुरानै कर्मकाण्डी’ -अध्यक्ष लिङ्देन

‘प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता पुरानै कर्मकाण्डी’ -अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता पुरानो कर्मकाण्डी भएको टिप्पणी गरेका छन्  ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा अध्यक्ष लिङ्देनले यस प्रकारको प्राथमिकता,सिद्धान्तले र आर्थिक नीतिले अर्थतन्त्रको सामना गर्न नसकिने बताएका हुन् । 

उनले भने, ‘सरकारले बजेट ल्याउने क्रममा बजेटमा ल्याउने प्राथमिकता र सिद्धान्तहरु कर्मकाण्डी छन् । नियमित जस्तो छन् । अघिल्लो दिनहरुमा कसरी आउँथ्यो त्यसरी नै आएका छन् । सबै विषय गर्न खोजिएको छ तर गर्ने भनिएको छ तर अर्थमन्त्रीज्यू छातीमा हात राखेर भन्नुस् यहि प्राथमिकता र सिद्धान्तले र आर्थिक नीतिले अर्थतन्त्रको सामना गर्न सकिन्छ ? यो अत्ति फितलो भयो, नयाँ केही आएन अब सरकारले केही गर्न सक्छ भन्ने खालको छैन ।’

अध्यक्ष लिङ्देनले कर तिर्न घुस खुवाउनुपर्ने स्थितिको अन्त्य गर्न  र बजेटमार्फत् स्वदेशी लगानीलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न समेत माग गरे । ठूलो संख्याको जनप्रनितिधिको जनसंख्या कटौती गर्ने र प्रदेश खारेज नगरेमा आर्थिक अर्थतन्त्र ठीक ठाउँमा नआउने उनले टिप्पणी गरे । 

Logo