नागरिकता विधेयकमा सांसद पन्तको चेतावनीः राष्ट्रपतिले संसदको अधिकार नखोसुन्

नागरिकता विधेयकमा सांसद पन्तको चेतावनीः राष्ट्रपतिले संसदको अधिकार नखोसुन्

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद रघुजी पन्तले धुलो लागेर थन्किसकेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिले जारी गर्न नमिल्ने बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले नागरिकता विधेयकको सम्बन्धमा राष्ट्रपतिले छलफललाई निरन्तरता दिएको बताउँदै उक्त विधेयकसंसद्मा पेश हुनु पर्ने र प्रतिनिधि सभाको अधिकार राष्ट्रपति खोस्न नमिल्ने बताए । 

उनले भने,‘निष्क्रिय भएर थन्किसकेको नागरिकता विधेयकको विषयमा राष्ट्रपतिले सरसल्लाहलाई निरन्तरता दिएका छन् ।  म सरकारलाई आग्रह गर्छ कि त्यो विधेयक सरकारले संसदमा दर्ता गरोस् । हामी रातदिन छलफल गरेर विधेयकलाई छिटोभन्दा छिटो पारित गर्न तयार छौं । तर, धुलो लागेर थन्किएको विधेयकलाई राष्ट्रपतिले टकटक्याएर जारी गर्न मिल्छ कि मिल्दैन ? संविधानको संरक्षकले गर्ने काम त्यही हो ?त्यसैले राष्ट्रपतिज्यलाई आग्रह गर्न चाहन्छु । यो प्रतिनिधि सभाको संसदको अधिकार नखोसियोस् ।’

Logo