नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणाले साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । उनले फेक अडियो सार्वजनिक गर्ने दोषीलाई कारबाही गर्न मागसमेत गरेकी छन् ।
‘विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु ।’ उजुरीमा उल्लेख छ।
यस्तो छ उनको उजुरी-
































प्रतिक्रिया