नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा मुछिएका निलम्वित सचिव टोपबहादुर रायमाझीले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुपर्ने बताएका छन् ।
च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आरोपबाट भाग्न खोज्दा सन्देह उत्पन्न हुने भएकाले कानूनलाई सघाउँदै रायमाझीले प्रहरीसमक्ष हाजिर हुनुपर्ने बताएका हुन् ।
‘टोपबहादुरजी हिजो हाजिर हुन आउनु हुन्छ भन्ने कुरा सरकारी स्रोतबाट मैले सुनेको थिएँ । तर, कानुनलाई सघाएको देखिएन, फरार भएको देखियो।’ उनले भने, ‘अहिले पनि कसैलाई आरोप लाग्दैमा दोषी त हुँदैन। तर उहाँले आफूलाई प्रहरीसमक्ष प्रस्तुत गर्नु राम्रो हुन्छ।’
प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि पूर्वगृहमन्त्रीसमेत रहेका रायमाझी वैशाख २० गतेदेखि फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बुधबार मात्र सो प्रकरणको अनुसन्धानका लागि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि नियन्त्रणमा लिइएको छ ।





























प्रतिक्रिया