मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस्ः मन्त्री मोदी

मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस्ः मन्त्री मोदी

केन्द्रबिन्दु
0
Shares

सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन् । 

बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै मन्त्री मोदीले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गरेका हुन् । “मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ”, उनले भने । 

लोकतन्त्र प्राप्तिमा मुकेशले पु-याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै मन्त्री मोदीले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे । उनले भने, “इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधिरहनुभयो ।”

सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुनेगरेको  र हरेक मनिसको मृत्यु फरकफरक ढङ्गले हुनेगरेको उनको भनाइ थियो । 

Skip This
Skip This
Logo