एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने

एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ। आज स्थायो कमिटी बैठक बस्ने तयारी गरिए पनि केन्द्रीय कमिटीको बैठकमा प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले स्थायी कमिटी बैठक भोलिका लागि तय गरिएको हो।

स्थायी कमिटी बैठक बसे पछि भोलि दिउँसो फेरि केन्द्रीय कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। हिजोदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। प्रस्तुत प्रतिवेदनमाथि आवश्यक छलफल गरेर बैठकबाट पारित गरिनेछ।

Skip This
Skip This
Logo