एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी, यी पाँच प्रदेशका रिपोर्ट प्रस्तुत हुँदै

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी, यी पाँच प्रदेशका रिपोर्ट प्रस्तुत हुँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक अन्तर्गतको दोस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा शुक्रबार मिसन ग्रासरुट अभियान अन्तर्गत पाँचवटा प्रदेशका बाँकी रिपोर्ट प्रस्तुत हुनेछन् । 

केन्द्रिय प्रचार तथा प्रकाशसन बिभागका सचिव गगन बिष्टका अनुसार गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले प्रस्तुत गर्दैछन् ।

उक्त प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने छ भने पछि प्रदेश अध्यक्षहरुले निष्कर्षका रुपमा सुझाव प्रस्तुत गर्नेछन् । 

बिहीवार पहिलो दिन मिसन ग्रासरुट अभियान अन्तर्गत नै सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन प्रस्तुत गरेका थिए । 

Skip This
Skip This
Logo