मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीकाे शपथ आजै

मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीकाे शपथ आजै

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार चारजना मन्त्री नियुक्त गर्दै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे) र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका छन् । जिसी र थापा कांग्रेसबाट, मनाङे एकीकृत समाजवादीबाट र जुग्जाली माओवादीबाट मन्त्री बनेका हुन् । उनीहरुको मन्त्रालय भने सार्वजनिक गरिएको छैन ।

उनीहरुलाई शुक्रबार अपरान्ह ४ बजे शपथ गराउने तयारी भएको छ । सोही बेला मन्त्रालय पनि टुंग्याउने भएको छ । योसँगै मन्त्रिपरिषदमा कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय भएको छ । 

Logo