नक्कली शरणार्थी प्रकरणलाई परिणामुखी बनाउन विवेकशील साझाको माग

नक्कली शरणार्थी प्रकरणलाई परिणामुखी बनाउन विवेकशील साझाको माग

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई परिणामुखी निष्कर्षमा पुर्‍याउन माग गरेको छ।

यस प्रकरणमा संलग्न उच्च पदस्थ व्यक्तिहरू पक्राउ गरेर सरकारले प्रशंसनीय काम गरेको बताउँदै विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले अब परिणामुखी निष्कर्ष हुनुपर्ने बताएकी हुन्।

यसका साथै विवेकशील साझाले भ्रष्टाचारका अन्य चर्चित काण्डहरू वाइडबडी, यति, ओम्नी, एनसेल, ३३ केजी सुन, सेक्युरिटी प्रिन्टिङ प्रेस, सत्तरी करोड, सीसीटीभी फुटेज, लडाकु शिविर, फोरजी, बालुवाटार जग्गा प्रकरणलगायतको पनि छानबिन गर्न माग गरेको छ।

तर, यस प्रकरणमा दलका उच्च तहका नेता र उच्च तहका कर्मचारी संलग्न भएकोले कुनै राजनीतिक सौदाबाजी नगर्न र दबाबमा नपर्न अध्यक्ष बास्कोटाको आग्रह छ।

Skip This
Skip This
Logo