एमाले सचेतक महेश बर्तौला अस्पताल भर्ना

एमाले सचेतक महेश बर्तौला अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन्। उच्च ज्वरो आएपछि उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा भर्ना गरिएको हो।

शुक्रवार अस्पताल भर्ना गरिएको उनको स्वकीय सचिव आशिष अस्लामीले जनाए। अस्लामीका अनुसार उनलाई २८ गते रातिबाट एक्कासि ज्वरो आएको थियो र ज्वरो नघट्ने देखे पछि २९ गते साँझ हेटौँडा अस्पतालमा पुर्‍याइएको थियो।

Skip This
Skip This
Logo