पूर्व गृहमन्त्री ‘बादल’का छोराविरुद्ध पक्राउ पुर्जी जारी

पूर्व गृहमन्त्री ‘बादल’का छोराविरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रबिन्दु
0
Shares

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नक्कली भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा उनको पनि संलग्नता देखिएको छ। उक्त प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।

Logo