बालकृष्ण खाँणलाई निलम्बन गर्न देउवामाथि नेविसंघको दबाब

बालकृष्ण खाँणलाई निलम्बन गर्न देउवामाथि नेविसंघको दबाब

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई निलम्बन गर्न नेविसंघले दबाब सुरु गरेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल विद्यार्थी सङ्गठन (नेविसंघ) त्रि–चन्द्र क्याम्पस समितिले विरोध प्रदर्शन गरेको छ। पार्टी पदाधिकारीले पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्यलाई निलम्बनका लागि दबाब दिँदा ‘पक्राउ पर्दैमा अपराधी भन्न नमिल्ने’ जवाफ दिएका देउवामाथि भातृ संगठनले दबाब सुरु गरेको हो । 

भ्रष्टाचारका गतिविधि बढ्दै गइरहेको भन्दै यसलाई निर्मूल पार्नुपर्ने मागसहित उनीहरू सडकमा उत्रिएका हुन्।प्रदर्शनकारीहरूले ‘अब त अति भो’ ब्यानर सहित भ्रष्टाचार देशद्रोही हो। दोषीलाई कारबाही गर लगायतका नारा लगाएका थिए।

Skip This
Skip This
Logo