एमालेको आदेश पालना गर्दै टोपबहादुर प्रहरीसामु पुगे : महेश बस्नेत

एमालेको आदेश पालना गर्दै टोपबहादुर प्रहरीसामु पुगे : महेश बस्नेत

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको बताएका छन्। नक्कली भुटानी शरणार्थी बनाएर गठी प्रकरणमा मुछिएका रायमाझी हिजो राति बुढानीलकण्ठबाट पक्राउ परेका थिए। 

नेता बस्नेतले भने एमालेको आदेश पालना गरेर टोपबहादुर प्रहरीसामु पुगेको भनेका छन्।  ‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरीसामु पुग्नु भएको छ। नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधिहरूलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ,’ सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्। 

Logo