सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाणको बयान सुरु

सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाणको बयान सुरु

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सुरु भएको छ। बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली काँग्रेसका नेतासमेत रहेका खाणको बयान सुरु भएको हो।

गत बिहिबार पक्राउ परेका पुर्व गृहमन्त्री खाणमाथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याईएको हो। 

टेकु परिसरको हिरासतमा ४ दिन देखी रहदैँ आएका खाणले सो घटनामा आफ्नो संलग्नता अस्विकार गर्दै आएका छन्। उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन।’

यद्धपी, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा गृहमन्त्री खाणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ।

Skip This
Skip This
Logo