२०४८ साल पछिका उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग

२०४८ साल पछिका उच्च पदमा रहेकाको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग

केन्द्रबिन्दु
0
Shares

मुलकको जताततै भ्रष्टाचार देखा परेको भन्दै प्रतिनिधिसभा बैठकमा उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग उठेको छ । 

साेमबारकाे बैठकमा बोल्दै सांसद सुर्यप्रसाद ढकालले २०४८ पछिका उच्च पदमा गएका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग राखेका हुन् । 

‘मलखाद्यमा भ्रष्टचार, नक्कली भुटानी प्रकरणमा भ्रष्टचार, यातायात कार्यालय, मालपोत र नापी कार्यालय भ्रष्टचार, न्यायलयमा भ्रष्टचार, प्रहरीको खाद्यान्नमा भ्रष्टचार, जताततै भ्रष्टचार छ,’ सांसद ढकालले भने, ‘त्यसैले २०४८ साल देखी अहिलेसम्म भएका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, प्रधानन्यायधिस, न्यायधिस, नेपाली सेना प्रमुख, नेपाल प्रहरी प्रमुख, मुख्य सचिव, सभामुख, सांसद, संबैधानिक निकायका प्रमुख र सदस्यहरुको सम्पत्ति माथी छानबिन गर्न संसदले उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दछु ।’ 

Logo