लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मा मास्कीलाई

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मा मास्कीलाई

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला मन्त्रालयको जिम्मा धनबहादुर मास्कीले पाएका छन् । उनि नेकपा माओवादी केन्द्रका तर्फबाट गत वैशाख १४ गते बिनाबिभागीय मन्त्री नियुक्त भएका थिए । 

नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले आइतबार आर्थिक मामिला मन्त्रालयको जिम्मा मास्कीलाई दिइएकाे हो । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार जनाको मन्त्रिपरिषद् बनेको छ  ।

जसमा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादीका सन्तोष पाण्डे बिना विभागीय मन्त्री छन् । उनिहरूले कुनै जिम्मेवारी पाएका छैनन्।

Logo