रेशम चौधरीविरुद्धको मुद्दामा आज पनि बहस हुने

रेशम चौधरीविरुद्धको मुद्दामा आज पनि बहस हुने

केन्द्रबिन्दु
0
Shares

कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज पनि बहस हुने भएको छ। यो मुद्दा हिजो हेर्दाहेर्दैमा राखिएको थियो । 

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले टीकापुर घटनामा चाैधरीसहितका व्यक्तिलाई दोषी ठहर गरेकाे थियाे। चौधरी अहिले डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन्। 

हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो । जेलबाटै उनले आफूहरू निर्दाेष रहेकाे दाबी गर्दै उच्च अदालतको फैसला बदर हुनुपर्ने जिकिरसहित पुनरावेदन गरेका थिए ।

Logo