केसीको सभापतित्वमा सुशासन समितिको बैठक सुरु

केसीको सभापतित्वमा सुशासन समितिको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। समितिका ज्येष्ठ सदस्य राष्ट्रिय जनमोर्चाका सांसद चित्र बहादुर केसीको सभापतित्वमा बैठक सुरु भएको हो । 

प्रतिनिधि सभाको नियमित कामकारबाहीमा सहयोग पुर्याउन तथा सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जबाफदेही बनाउन यो समिति जिम्मेवार मानिन्छ । 

त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक समितिका ज्येष्ठ सदस्य नवल किशोर साह सुडीको सभापतित्वमा बसेको छ । त्यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीको सभापतित्वमा सुरु भएको छ। 

Skip This
Skip This
Logo