सिंहदरवारमा सत्ता साझेदार दलहरुको संयुक्त बैठक जारी

सिंहदरवारमा सत्ता साझेदार दलहरुको संयुक्त बैठक जारी

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार दलहरुको संयुक्त बैठक सिंहदरवारमा सुरु भएको छ ।

सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सुरु भएको हो । सरकारले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ ।

सो बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीलगायत सरकारलाई समर्थन गरेका दलका नेताहरुकाे सहभागीता छ । 

Logo