काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।
आज बस्ने भनिएको बैठक साउन ६ गते ११ बजेसम्मका लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेकपामा आन्तरिक विवाद जारी छ । गत असार १० देखि जारी स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । तर ओलीले राजीनामा नदिने अडान लिँदै आएका छन् । दुई पक्ष आ–आफ्नो अडानमा अडिक हुँदा गत असार १८ गतेदेखि स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ । आज सहित १८ गतेपछि मात्र ६ पटक स्थायी कमिटी बैठक स्थगित भइसकेको छ ।
पूरा विज्ञप्ति:






























प्रतिक्रिया