पूर्वसांसद् आङतावा शेर्पाको आज बयान लिइँदै

पूर्वसांसद् आङतावा शेर्पाको आज बयान लिइँदै

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका पूर्वसांसद् आङतावा शेर्पाको बयान आज लिइँदैछ।आज सरकारी वकिलको कार्यालय,  काठमाडौँमा उनकाे बयान लिइन लागिएकाे हाे।

शेर्पाले गत सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। हाल उनी प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका छन्।काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि मंगलबार २ दिनको म्याद थपेको छ।

उनले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। पूर्वसांसद शेर्पाविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो।यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नपोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो।

यसभन्दा अगाडि पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १३ जनासँग बयान लिएकाे छ।शरणार्थी प्रकरणमा हालसम्म १४ जना पक्राउ परेका छन्।

Logo