बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्न गगन थापाको दवाब

बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्न गगन थापाको दवाब

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका नेताहरुलाई निलम्बन गर्न दवाब दिएका छन् । 

बुधबार राजधानीमा आयोजित प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा बोल्दै महामन्त्री थापाले पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्नुपर्ने र प्रमाणित भए कारबाही हुने बताएका हुन् । हाल शरणार्थी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका नेता बालकृष्ण खाँणलाई पार्टीले निलम्बन गर्न आनाकानी गरिरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो । 

शरणार्थी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताउँदै महामन्त्री थापाले भने, ‘पार्टीको छलफलमा केही साथीहरूले लिनुभएको पोजिसन के छ भन्ने हाम्रो भित्र त परम्परा छैन। परम्परा छैन भने त्यो तोड्नुपर्छ।  गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन। प्रमाणित भयो भने कारबाही हुन्छ। कोहीप्रतिको पूर्वाग्रही भएर होइन।’ 

Skip This
Skip This
Logo