रेशमलाल चौधरीको विषय छिट्टै टुंगो लाग्छ -प्रधानमन्त्री

रेशमलाल चौधरीको विषय छिट्टै टुंगो लाग्छ -प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा संलग्न भएको आरोपमा जन्मकैदको सजाय सुनाइएका रेशमलाल चौधरीको विषय छिट्टै टुंगो लगाउने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले चौधरीलाई छुटाउने प्रयास भइरहेको बताएका हुन् । रेशम चौधरीलाई यसअघि पनि आफूहरुले अध्यादेश ल्याएर छुटाउने प्रयास गरेको भन्दै उनले अदालतबाट जे आए पनि छिटो फैसला आओस् भनेर आवाज उठाएको पनि बताए ।

उनले भने, ‘म के विश्वास दिलाउन चाहन्छु भने रेशम चौधरीका विषयमा हामीले यसअगाडि पनि अध्यादेश ल्याएर भए पनि उहाँलाई छुटाउने प्रयास हामीले गरेकै हो । अदालतबाट जे फैसला भए पनि छिटो फैसला होस् भन्नको निम्ति हामीले सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएकै हो । र अहिले टुंगिएको छ । अब यो वियषयलाई कसरी समाधान गर्ने विषयमा हामी निकै गम्भीर छौं । मलाइ विश्वास छ लाग्छ, यो विषयमा हामी छिट्टै टुंगोमा पुग्छौं ।’

प्रधानमन्त्री प्रचण्डले शान्तिपूर्ण राजनीतिमा आउन सरकारसँग सम्झौता गरेका राजनीतिक दल तथा समूहका कार्यकर्ता रिहा गराउन प्रतिनिधिसभामा विधेयक दर्ता भइसकेको पनि जानकारी पनि दिए । 

Skip This
Skip This
Logo