प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएपछि भारत नै पहिला जानुपर्ने त्यस्तो कुनै बाध्यता नरहेको प्रष्ट पारेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो ? भन्दै राखेको जिज्ञासामा उनले त्यस्तो कुनै बाध्यता नरहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पहिलो भ्रमण भारतमै गर्नुपर्ने बाध्यता नरहेको प्रष्ट पारे । उनले भने, ‘भारत भ्रमण गर्नुपर्ने नेपालमा त्यस्तो कुनै बाध्यता छैन। त्यसको जवाफ मैले पहिलो प्रधानमन्त्रीकालमा दिइसकेको छु, व्यवहारबाट नै भारत भ्रमण गर्ने प्रचलन भए पनि त्यस्तो कुनै राजनीतिक बाध्यता छैन।’































प्रतिक्रिया