पूर्वाधारको आवश्यकतालाई नीति तथा कार्यक्रममा सम्बोधन गर्छाैँः मन्त्री ज्वाला

पूर्वाधारको आवश्यकतालाई नीति तथा कार्यक्रममा सम्बोधन गर्छाैँः मन्त्री ज्वाला

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा पूर्वाधारको आवश्यकतालाई सम्बोधन गरिने बताएका छन् । 

विहीबार प्रतिनिधिसभाको बैठक पश्चात सञ्चारकर्मीसंग मन्त्री ज्वालाले स्वास्थ्य,शिक्षाका र उत्पादनको क्षेत्रमा बजेट बढाउने कार्यहरु अगाडि सारेको बताएका हुन् । 

‘तत्कालीन र दीर्घकालीन रुपमा स्वास्थ्य ,शिक्षाका र उत्पादन क्षेत्रमा बजेट बढाउने कुराले रोजगारीको अवसर सिर्जना गर्छ, त्यसको लागि पूर्वाधारको आवश्यकता हुन्छ । त्यसैले यस्लाई नीति तथा कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय गरेका छौं । पुँजी निमार्णका कुरालाई हामीले प्राथमिकतामा राखेका छौं ।’ उनले भने । 

न्यूनतम साझा कार्यक्रमलाई आधार बनाएर त्यही विषयलाई नीति तथा कार्यक्रममा व्यवस्थित रुपमा  सम्बोधन गर्ने मन्त्री ज्वालाको भनाइ छ । उनले प्रत्यक्ष रुपमा युवाहरुलाई रोजगारको व्यवस्था गरेर विदेश पलायनलाई नियन्त्रण गर्ने बताए । यसले देशको अर्थतन्त्रलाई माथि उठाउने काम गर्ने उनको विश्वास छ ।  

Logo