राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणको फाईल विदेशी चासोका कारण मात्रै खोलिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन् ।
राप्रपाले बिहीवार वसन्तपुरमा आयोजना गरेको भ्रष्टाचारविरोधी सभामा उपाध्यक्ष मिश्रले शरणार्थी प्रकरणको फाईल अन्य देशसँग जोडिएको कारण बाहिर आएको हो कि होईन भन्ने कुरा केही समयमै स्पष्ट हुने बताएका हुन् ।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले सबैको फाइल खोल्नुपर्छ भनेका छन् । साच्चीकै भ्रष्टाचारका विषयमा फाईल खोल्ने हो भने यस्तो प्रकरणको फाइलहरु धेरै छन् आउँदो हप्तामा त्यो फाइल खुल्छ कि खुल्दैन त्यसको आधारमा तपाईहरुको मूल्यांकन हुने छ । यो प्रकरण अन्य देशसँग पनि जोडिएको कारण यो मानवता विरुद्धको अपराध हो, विदेशी चासोका कारण मात्रै यो फाइल खोलेको हो कि होईन केही समयमै प्रष्ट हुन्छ । यदि होईन भने क्याटोनमेन्ट घोटालाको फाईल खुल्छ कि खुल्दैन् । ३३ किलो सुनको, बालमन्दिरको फाइल खुल्छ कि खुल्दैन् । महरा प्रकरणको खुल्छ कि खुल्दैन ? । ’
उपाध्यक्ष मिश्रले प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गर्दै तपाईहरु पदमा नहुदाँ घर कसरी चल्यो त्यो जान्ने अधिकार जनतासँग भएको भन्दै मन्त्री र सांसद हुदाँको तलबले सबै गर्न नपुग्ने हो भन्दै प्रश्न पनि गरे ।































प्रतिक्रिया