राष्ट्रिय सभामा जेठ ७ देखी नीति तथा कार्यक्रममाथी छलफल हुने

राष्ट्रिय सभामा जेठ ७ देखी नीति तथा कार्यक्रममाथी छलफल हुने

केन्द्रबिन्दु
0
Shares

पुष्पकमल दाहाल (प्रचण्ड) सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रियसभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ। 

बिहिबार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रम माथी तीन दिनसम्म छलफल गर्ने निर्णय भइसकेको छ। जसअनुसार जेठ ७ गते देखी सरकारका नीति तथा कार्यक्रममाथी छलफल सुरु हुनेछ।

राष्ट्रियसभा बैठकमा तीन दिन अर्थात जेठ ७-९ गतेसम्म छलफल गरे पछि प्रधानमन्त्री दाहालसँग जेठ ९ गते नै त्यसको जवाफ मागिने पनि निर्णय कार्य ब्यवस्था समितिले गरेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार  दुर्गा उपाध्यायले जानकारी दिए।

Skip This
Skip This
Logo