अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक जारी

अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा नेपालको शिक्षा प्रणाली र शैक्षिक गुणस्तर तथा विद्यार्थी राजनीतिको बारेमा छलफल जारी छ। 

तीन दिनसम्म चल्ने बैठकको दोस्रो दिन बैठकमा हिजो बिहीबार पेश भएको सांगठनिक,राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि प्राथमिकताका साथ छलफल भइरहेको कोषाअध्यक्ष संगम अर्यालले जानकारी दिएका छन्। 

हिजो पेश भएको सांगठनिक, आर्थिक र राजनीतिक प्रतिवेदनमाथि आज छलफल जारी रहेको भन्दै अर्यालले छलफलबाट आगामी दिनमा अनेरास्ववियुको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरे। उनले आजको छलफल राजनीतिक आर्थिक प्रतिवेदनसँगै विद्यार्थी राजनीति र शैक्षिक गुणस्तर बढाउनेमा केन्द्रित रहेको बताए।

उनले भने,‘केन्द्रीय कमिटीको बैठकबाट अबको विद्यार्थी राजनीति कस्तो हुने,कस्ता मुद्दाहरु उठाउने तथा अबको शैक्षिक क्षेत्र समग्र शिक्षालय,विश्वविद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरेर विश्व स्तरमा विद्यार्थी उत्पादन गर्न सक्ने विषयमा मुख्य गरि छलफल केन्द्रित रहनेछ।’ बिहीबारबाट सुरु भएको अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक शनिबारसम्म चल्ने छ। 
 

Skip This
Skip This
Logo