नेकपा सचिवालय बैठकः सहमतिका आधारमा निकास दिन दुवै पक्ष तयार

नेकपा सचिवालय बैठकः सहमतिका आधारमा निकास दिन दुवै पक्ष तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आ–आफ्नो अडानमा रहेका दुई अध्यक्ष सहमतिका आधारमा समस्या समाधान गर्न तयार भएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब ४ घण्टा बसेको सचिवालय बैठकमा सहमतिबाटै निकास निकाल्ने सहमति भएको हो ।

पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । त्यस्तै स्थायी कमिटी बैठक पनि नरोकिने उनको भनाइ छ ।

नेकपामा लामो समयदेखि विवाद रहँदै आएको छ । गत असार १० देखि जारी नेकपा स्थायी कमिटीको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग गर्दै आएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने छाड्नै परे पार्टी फुटाउनेसम्मको चेतावनी दिँदै आएका छन् । दुवै पक्ष आ–आफ्नो अडानमा अडिक हुँदा गत असार १८ यता ५ पटक स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

Logo