अर्थतन्त्र स्वाभाविक लयमा फर्किएको छ: राष्ट्रपति

अर्थतन्त्र स्वाभाविक लयमा फर्किएको छ: राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन्। संघीय संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको बताएका छन्।

राजश्व परिचालन, वैदेशिक मुद्रा सञ्चिति बढेकाले अर्थतन्त्रले लय समातेको उनले बताएका हुन्। उनले भ्रष्टाचार नियन्त्रणमा नागरिक र सरकार एकै ठाउँमा उभिएको बताउँदै सुशासनमा सरकारले उल्लेख्य सुधार गरेकाे बताए।

‘सकारात्मक इच्छाशक्ति भयो भने परिणाम देखिँदो रहेछ,’ राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने। उनले कर्णालीको मानव विकास सूचकांकको सुधार गर्न सरकारको नीति कार्यक्रम केन्द्रित रहेको बताए। उनले राजश्वको दायरा बढाउने, न्यून विजकीकरण, राजश्व चुहावट रोकिने राष्ट्रपति पौडेलले बताए।

फजुल खर्च कटौतीमा सरकारको ध्यान गइरहेको पनि बताए। सार्वजनिक खरिद् कानुनमा समसामयिक सुधार गर्ने र पारदर्शी बनाउने पनि सरकारको लक्ष्य रहेको बताए। वित्तीय हस्तान्तरण कार्यसम्पादनको अंग बनाउने पनि उनले बताए।

लघुवित्त नियमन, अनुगमनमा सरकारको ध्यान गइरहेको उनले बताए। त्यस्तै सरकारले सहकारी क्षेत्रको पुनर्संरचना गर्ने राष्ट्रपति पौडेलले बताए। देशभर बीमाको पहुँच विस्तार गरिने पनि उनले बताए ।

Skip This
Skip This
Logo