सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुँदै

सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुँदै

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेश सरकार आज (शनिबार) विस्तार हुने भएको छ। शुक्रबार नै गर्ने भनिए पनि सत्तारुढ दलबीच सहमति नजुटेपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।

सुदूरपश्चिममा अहिले चार मन्त्रालय ​मन्त्रीविहीन छन्। छलफलमा माओवादीले र नागरिक उन्मुक्तिले २/२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए। चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न सकेकाे छैन।

माओवादी केन्द्रबाट झपटबहादुर साउद र रमेश सिंह धामी मन्त्री र गीतादेवी माल राज्यमन्त्री बन्ने छन्। कांग्रेसले पनि एक जनाको नाम टुंगो लगाउन बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ।

Skip This
Skip This
Logo