भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ : प्रधानमन्त्री प्रचण्ड

भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ : प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो आसन्न भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन् । 

कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै  प्रधानमन्त्री प्रचण्डले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता-जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्नुहुँदै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताए। 

उनले अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्प सहित अगाडि बढेको पनि दाबी गरे।  शीर्ष नेताहरूबीच हुने गरेका छलफललाई लिएर अनेक आशङ्का गरिएको स्मरण गर्दै उनले ती भेटहरू राष्ट्र हितमै केन्द्रित रहेको बताए। 

Logo