नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्मथन योग्य नरहेको तर्क गरेका छन् ।
शनिबार संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सरकारले हिजो संसदमा पेश गरेको नीति तथा कार्यक्रमले कुनै कुरालाई सम्बोधन गर्न नसकेको तथा गन्तव्यहीन भन्दै स्वीस्कारयोग्य नभएको टिप्पणी गरेका हुन् । उनले भने, ‘यस वर्षको नीति कार्यक्रमले त यस वर्ष यहाँ पुग्छु भन्नुप-यो नि त, यस वर्ष यति गर्छौ भन्न प-यो नि, यो त के हो भने लोकतन्त्र के हो भनेर क्याम्पसमा विद्यार्थीलाई पढाए जस्तो छ ।’
उनले थपे, ‘यसले कुनै मार्गदर्शन गर्दैन् र यो स्वीकार योग्य छैन । समर्थन योग्य छैन्, विरोधयोग्य छ र यस्तो फाल्तु कार्यक्रम नीतिका नाममा दस्तावेज पेश हुनु दुर्भाग्यपूर्ण कुरा हो ।’
अध्यक्ष ओलीले राजनीतिक अराजकता बढिरहेको टिप्पणी पनि गरे । ‘आयातमुखी अर्थतन्त्र रोक्न सरकारले कुनै योजनानै छैन। बजेटमा शब्द जालमात्रै छ। उत्पादन र उत्पादकत्व वृद्धितर्फ सरकारको ध्यान नै पुगेको देखिँदैन,' उनले भने।































प्रतिक्रिया