संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएकाे छ। संसद् सचिवालयका अनुसार बिहान ११ बजेबाट बैठक सुरू भएकाे हाे।
आजकाे बैठकमा संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्माननीय राष्ट्रपतिले २०८० जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आ.ब. २०८०/८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफल प्रारम्भ गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
साथै, बार्षिक नीति तथा कार्यक्रममाथी माननीय सदस्यहरुबाट प्राप्त संशाेधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने महासचिव भरतराज गौतमले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख छ।































प्रतिक्रिया