‘सगरमाथा आरोही हरिबहादुरलाई राज्यले विमानस्थलमा सम्मान गरोस्’

‘सगरमाथा आरोही हरिबहादुरलाई राज्यले विमानस्थलमा सम्मान गरोस्’

केन्द्रबिन्दु
0
Shares

सांसद ईश्वरी घर्तीले रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले विमानस्थलमा नै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी छन् ।  

आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले भनिन्, ‘दुवै खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगर भोलि काठमाडौं फर्किंदै हुनुहुन्छ । सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्छ ।’ 

रोल्पाको थवाङ गाउँपालिका–३ मिरुल निवासी बुढामगर यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा उनले अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । उनका घुँडादेखि तल दुवै खुट्टा छैनन् ।

Logo